बागमती


भूगर्भविद्‌को टोलीले दिनभर खोज्दा पनि भेटिएन जमिनमुनि धसेको गाडी (तस्बिर)

भूगर्भविद्‌को टोलीले दिनभर खोज्दा पनि भेटिएन जमिनमुनि धसेको गाडी (तस्बिर)

सुनिता विष्ट
बैशाख २३, २०८२ मंगलबार १९:५१, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १७ गौरीगाउँमा सडक भासिएर दबिएको गाडी दिनभर भूगर्भविद्‌को टोलीले खोजी गर्दा पनि फेला परेन। 

गत शुक्रबार साँझ हराएको गाडी मंगलबार दिनभर भूगर्भविद्‌को टोलीले खोजी गर्दा पनि फेला नपरेको हो।  

घटनास्थलमा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना खटिएका थिए। दिनभर म्याग्नेटो मिटरको आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययनको प्रारम्भिक नतिजाले दलदले माटोको कारण गाडी जमिनमा दबिएको देखिएको भूगर्भविद् अधिकारीको भनाइ छ।

घटनास्थलमा खटिएका भूगर्भविद्हरूले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गरिरहेका छन्।

शुक्रबार साँझ माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै दबिएर बेपत्ता भएको हो। 

माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्टोमा दबिएर बेपत्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad