समाज


नक्सालको भाटभटेनीबाट रक्सी र चुरोट चोरेको आरोपमा एकजना पक्राउ

नक्सालको भाटभटेनीबाट रक्सी र चुरोट चोरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १९:४१, काठमाडौँ

काठमाडौँको नक्सालको भाटभटेनीबाट सामान चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

गत शनिबार (वैशाख २० गते) भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरको भुइ तलामा रहेको ग्रोसरी डिपार्टबाट सामान चोरी भएको थियो।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरी परिसर काठमाडौँले दोलखाको बैतेश्वर गाउँपालिका २ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३७ वर्षका बिमल श्रेष्ठलाई पक्राउ गरेको हो। उनले भाटभटेनीबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरेको आरोप छ।

भक्तपुरको ठिमीबाटै पक्राउ परेका उनलाई अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

बोहराका अनुसार श्रेष्ठले एउटा ब्लुलेबल, एउटा ग्लेण्डफिडिच, एउटा वल्डदरबार, सूर्य चुरोट ३० बट्टा, आलमण्ड १५ केजी, पिस्ता ८०० ग्राम, काजु ९०० ग्राम, स्याफ्रान २५ थान, फिस वेल ६ थान चोरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad