बागमती


पनौतीमा बनिरहेको प्रहरी भवनबाट खसेर मजदुरको मृत्यु

पनौतीमा बनिरहेको प्रहरी भवनबाट खसेर मजदुरको मृत्यु

नेपालखबर
बैशाख २१, २०८२ आइतबार ११:३०, काठमाडौँ

काभ्रेपलाञ्चोकस्थित पनौतीमा निर्माणाधीन नेपाल प्रहरीको भवनबाट मजदुरको मृत्यु भएको छ। 

प्रहरीका अनुसार सोही भवनमा काम गर्ने क्रममा खसेर पर्साको पर्सागढी नगरपालिका ६ का १९ वर्षीय रितुराज प्रसादको मृत्यु भएको हो। 

शुक्रबार दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शीर मेमोरियलमा  मृत्यु भएको हो।

काम गर्ने क्रममा उनी बेलुका भवनबाट खसेका थिए।

यसअघि पनि सोही भवनबाट खसेर एक जना मजदुरको मृत्यु भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad