राजनीति


प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८२ आइतबार ११:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। सचिव दिनानाथ शर्माका अनुसार बैठक दिउँसो १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेगरी बोलाइएको छ।

बैठकमा हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्ने र अब मध्यपहाडी लोकमार्गकेन्द्रित अभियात तय गर्नेबारे छलफल हुने उनले उल्लेख गरे।‘एउटा चरणको हाम्रो अभियान सकियो, थोरै यसको समीक्षा होला,’ शर्माले नेपालखबरसँग भने, ‘अर्को हामीले मध्यपहाडी लोकमार्गमा अभियान भनेका छौँ। त्यो अभियान बनाउनेबारे छलफल हुन्छ।’

गत पुस तेस्रो साता बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले हुलाकीराजमार्ग,मध्यपहाडी राजमार्ग र काठमाडौँ उपत्यकाकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

माओवादीले फागुन १२ देखि झापाको कचनकवलबाट हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान सुरु गरेको थियो। करिब १ हजार ८ सय किलोमिटर यात्रा तय गर्दै वैशाख १७ गते महेन्द्रनगरको भीमदत्त नगरपालिकामा पुगेर टुंगिएको थियो।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad