बागमती


बागमतीमा १ लाख बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

बागमतीमा १ लाख बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

फाइल फोटो


नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:५६, हेटौँडा

यस वर्षको माध्यमिक शिक्षा परिक्षा कक्षा १० (एसईई) मा बागमती प्रदेशबाट १ लाख भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। आउँदो चैत ७ गतेबाट सञ्चालन हुने परीक्षामा बागमती प्रदेशमा १ लाख ८ हजार ५७१ विद्यार्थी सहभागी हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयको सूचना अधिकारी पवित्रा तिमल्सिनाका अनुसार एसईई दिने सबैभन्दा धेरै विद्यार्थी काठमाडौँका रहेका छन्। काठमाडौँमा नियमित तर्फ र ग्रेडबृद्धि गरी ३९ हजार ७६१ विद्यार्थीले एसईई परिक्षा दिँदैछन्। उनका अनुसार सबैभन्दा कम विद्यार्थी रसुवामा छन्। रसुवामा ५३१ विद्यार्थीले एसईई परिक्षामा सहभागी हुने निर्देशनालयको तथ्यांक छ।

भक्तपुरमा ६ हजार ६०७, ललितपुरमा १० हजार ५३६, काभ्रेमा ६ हजार ३९३, सिन्धुपाल्चोकमा ३ हजार ४२८ र नुवाकोटमा ४ हजार ६१३ विद्यार्थी एसईई परिक्षामा सहभागी हुँदैछन्। यस्तै, धादिङमा ५ हजार ४७५, चितवनमा १२ हजार ३५३, रामेछापमा २ हजार ७८५, दोलखामा २ हजार १६१, सिन्धुलीमा ५ हजार ७७२ र मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परिक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय, हेटौंडाको तथ्यांक छ।

निर्देशनालयकी सूचना अधिकारी तिमल्सिनाको अनुसार बागमतीमा एसईई परिक्षा सञ्चालनका लागि ४ सय ३४ परिक्षा केन्द्र तोकिएको छ। जसमा काठमाडौँमा १ सय ३६ वटा परिक्षा केन्द्र तोकिएको छ भने भक्तपुरमा २५ वटा, ललितपुरमा ४० वटा, काभ्रेमा ३४ वटा, सिन्धुपाल्चोकमा १९ वटा परिक्षा केन्द्र तोकिएको छ। 

यस्तै, नुवाकोटमा २१ वटा, रसुवामा ६ वटा, धादिङमा २४ वटा, मकवानपुरमा २८ वटा, चितवनमा ४२ वटा, रामेछापमा १९ वटा, दोलखामा १७ वटा र सिन्धुलीमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको तिमल्सिनाले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad