बागमती


मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

नेपालखबर
फागुन २८, २०८१ बुधबार ९:१७, काठमाडौँ

मकवानपुरमा आज (बुधबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-४, जुरेलीबजारनजिक आज बिहान अनियन्त्रित भई बा ४० प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको सो मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad