बागमती


भूकम्पका कारण सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो, सुक्खा पहिरो खस्यो

भूकम्पका कारण सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो, सुक्खा पहिरो खस्यो

फाइल तस्बिर : जिल्ला कारागार सिन्धुपाल्चोक


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार ७:१२, काठमाडौँ

शुक्रबार बिहान गएको भूकम्पका कारण जिल्ला कारागार सिन्धुपाल्चोकमा एकजना कैदी घाइते भएका छन्। 

भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले जानकारी दिए। 

नेपालखबरसँग कुरा गर्दै सीडीओ थापाले भने, ‘जिल्ला कारागारमा भएका एकजना कैदी स्याङ्बो तामाङको हात भाँचिएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइसकेको छ। उनलाई कारागार नै फर्काइसकिएको छ।’

कारागार स्रोतका अनुसार भूकम्प आउँदा डराएर हामफाल्दा उनको हात भाँचिएको हो। कैदी तामाङको घर सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका-५ हो। 

यस्तै भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिलो खसेको सीडीओ थापाले बताए। 

‘तर यो बस्ती नभएको ठाउँ हो’, उनले भने।

यसैगरी भूकम्पका कारण इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवन चर्किएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। अन्य क्षतिको विवरण आउने क्रममा रहेको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। 

जसको कडा धक्का राजधानी काठमाडौँमा पनि महसुस भएको थियो। निद्रामा रहेका काठमाडौँ उपत्यकावासी भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad