ललितपुरमा ट्रकको ठक्करबाट साइकालयात्रीको मृत्यु भएको छ।
ललितपुर प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ललितपुर महानगरपालिका-४ विष्णुदेवी मन्दिरनजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार महानगरपालिका २१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीम रत्न महर्जनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
195
Shares

प्रतिक्रिया