बागमती


सर्वोच्चको आदेशविपरीत बागमती गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’को बिदा

सर्वोच्चको आदेशविपरीत बागमती गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’को बिदा

नेपालखबर
माघ ३०, २०८१ बुधबार २०:५७, हेटौँडा

‘जनयुद्ध’ दिवसको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले भोलि फागुन १ गते सार्वजनिक बिदा दिइएको छ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै जनयुद्धमा सहिद भएकाहरु तथा बेपत्ताहरुको सम्झना स्वरुप जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन्।

बुधबार बसेको गाउँ कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको अध्यक्ष घलानले बताए।

गाउँपालिका मातहतमा रहेको अत्यावश्यक बाहेका सम्पूर्ण कार्यालयहरु बन्द रहने अध्यक्ष घलानले जानकारी दिए।

सर्वोच्च अदालतले गत वर्ष पुस १३ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad