बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्यो (सूची)

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्यो (सूची)

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
माघ २८, २०८१ सोमबार ८:५६, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा आज सोमबार केही घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला बिहान ५:४५ बजेको भन्दा केही घट्ने सम्भावना हुन्छ। ‘अथवा त्यत्ति (७.४) नै पनि रहन सक्छ’, मौसमविद् दाहालले भने। 

उनका अनुसार काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रमचाहिँ २० देखि २२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम २०.६ डिग्री सेल्सियस थियो।   

आइतबारको अधिकतम र न्यूनतम तापक्रम सूची-

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad