बागमती


नारायणगढबाट काठमाडौँ जाँदै गरेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते (नामावली)

नारायणगढबाट काठमाडौँ जाँदै गरेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते (नामावली)

शनिबार बिहान धादिङमा पल्टिएको हाइसका दुई तस्बिर


सुनिता विष्ट
माघ २६, २०८१ शनिबार ११:१९, हेटौँडा

पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार बिहान हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ गइरहेको बा.२ ख ७६३६ नम्बरको हाइस अनियन्त्रित भई धादिङको बेनिघाट रोराङ गाउँपालिका-१०, पानीधारामा बिहान ८:३० बजेतिर पल्टिएको हो। 

दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चितवनको भरतपुर-९ का ४३ वर्षका प्रकाश अधिकारी, (दायाँ हात र छातीमा भित्री चोट, अवस्था सामान्य) सोही स्थानका ५० वर्षीय मनबहादुर पुन (टाउको र बायाँ हातमा चोट, अवस्था सामान्य), भरतपुर-८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल (बायाँ हातमा चोट, अवस्था सामान्य), सोही स्थानकी २३ वर्षीया अञ्जली रिजाल (बायाँ हातमा चोट, अवस्था सामान्य) र हाइसका सहचालक भरतपुर-५ बस्ने ५० वर्षका सुर्दशन थापा (गाला, बायाँ हात र दायाँ कुम्मामा चोट, अवस्था सामान्य) घाइते भएका हुन्। 

उनीहरूमध्ये सहचालक थापाको बेनीघाटमै रहेको बिहानी फार्मेसीमा उपचार भइरहेको छ भने अन्य चार घाइतेको उपचार बेनीघाटस्थित चौकीटारमा रहेको प्रशान्त फार्मेसीमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छैन। 

हाइससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक बयानका आधारमा सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। हाइसमा १४ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad