बागमती


काठमाडौँको अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

काठमाडौँको अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
माघ १३, २०८१ आइतबार १८:३०, काठमाडौँ

आइतबार (आज) दिनभर राम्रोसँग घाम लाग्न नपाउँदा काठमाडौँ उपत्यकामा शनिबारको तुलनामा अधिकतम तापक्रम तल झरेको छ। योसँगै चिसो केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार २०.५ डिग्री सेल्सियस रहेको काठमाडौँको अधिकतम तापक्रम आइतबार घटेर १८.४ डिग्री सेल्सियसमा झरेको हो। काठमाडौँको न्यूनतम तापक्रम भने शनिबारको तुलनामा आइतबार ह्वात्तै बढेको छ। शनिबार ४.८ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आइतबार बढेर ७.८ डिग्री सेल्सियसमा उक्लिएको हो। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातभरको तापक्रमको अवस्था बताउँछ भने अधिकतम तापक्रमले दिनभरको। राति आकाश बादलले ढाकेको अवस्थामा पृथ्वीको ताप बाहिरिन नपाउने भएकाले बिहान न्यूनतम तापक्रम बढ्ने तथा दिउँसो बादल लागेर घाम देखिन नपाउँदा अधिकतम तापक्रम घट्ने हुन्छ।

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

हेर्नुहोस् काठमाडौँसहित देशका विभिन्न स्थानको तापक्रम सूची-

स्रोत: मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad