राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको पोखरा स्थित होटलको फुटेज र खर्च विवरण झिकाउन माग गर्दै उजुरी दिएकी छिन्।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बराललाई उनले लिखित उजुरी बुझाएकी हुन्। उजुरीमा उनले पुस २९ गते बसेको होटल ओपन हाउस पोखराको राति ८ बजेदेखि १० बजेसम्मको सीसीटीभी फुटेज र खर्च विवरण माग गरेकी छिन्।
उजुरीमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कृषि समितिले गरेको मिति २०८१/०९/२४ देखि २०८१/०९/२९ सम्म नेपालगञ्ज देखि पोखरा सो अनुगमन कार्यक्रम सम्मको ६ दिने अनुगमन कार्यक्रमको विषयमा समिति बैठकमा छल्फल भएको हुँदा अन्तर्गत भ्रमणको सन्दर्भमा मिति २०८९/०९/२९ मा समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजे देखि १० बजे सम्मको सीसीटीभी फुटेज तथा उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई झिकाई उपलब्ध गराउन अनुरोध गर्दछु।’
पुस २९ गतेको बैठकमा समितिका सदस्यहरुले मदिरा खाएर आफ्ना पार्टीका नेताहरुबारे व्यक्तिगत टिकाटिप्पणी गरेको भन्दै कठायत आक्रोसित भएको भिडिओ सार्वजनिक भएको थियो। मदिरा खाएर सांसदहरुले अपाच्य टिप्पणी गरेको उनको भनाइ छ। 
Shares

प्रतिक्रिया