बागमती


स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

स्कुल बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
पुस २८, २०८१ आइतबार २०:२९, हेटौंडा

मकवानपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

मकवानपुरको मनहरी गाउँपालिका–६ नँयाबस्ति स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसको ठक्करबाट बालिकाको मृत्यु भएको हो।

सो बसले मनहरी गाउँपालिका–६ नँयाबस्ती बस्ने खडक बहादुर थिङको छोरी पुजा थिङलाई ठक्कर दिएको थियो।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

डीएसपी अर्यालका अनुसार बस चालक मनहरी–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad