ग्लोबल


लस एन्जलस आगलागी: मृतकको संख्या १६ पुग्यो, रोकिएन डढेलो

लस एन्जलस आगलागी: मृतकको संख्या १६ पुग्यो, रोकिएन डढेलो

अग्निनियन्त्रकहरूले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन्।


नेपालखबर
पुस २८, २०८१ आइतबार २०:४१, काठमाडौँ

अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।

त्यहाँको मेडिकल एक्जामिनरको कार्यालयले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

आगलागीले इटनमा ११ जना र प्यालिसेड्समा ५ जनाको मृत्यु भएको हो। 

अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्।

पालिसेड्समा लागेको आगलागीले लगभग २१ हजार एकड क्षेत्रफललाई असर गरेको छ। अहिलेसम्म अग्निनियन्त्रकहरूले त्यहाँ लगभग ८ प्रतिशत आगो नियन्त्रणमा लिएका छन्।

आगलागीबाट इटन दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र हो। जहाँ आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल नष्ट भएको छ।

लस एन्जलसका आगलागी भएका क्षेत्रमा पालिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad