बागमती


रोशीका वडाध्यक्ष लामाको निधन

रोशीका वडाध्यक्ष लामाको निधन

नेपालखबर
पुस ८, २०८१ सोमबार १६:१९, काठमाडौँ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ।

डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आउनुभएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

लामाको आज (सोमबार) काठमाडौँस्थित स्वयभूमा सामाजिक परम्पराअनुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ।

६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा निर्वाचित हनुभएको थियो। लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ।

एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad