समाज


पिकअपको ठक्करबाट बालिकाको मृत्यु, आमा घाइते

पिकअपको ठक्करबाट बालिकाको मृत्यु, आमा घाइते

नेपालखबर
पुस ८, २०८१ सोमबार १६:२२, काठमाडौँ

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित सडकमा पिकअपको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु. ३ च ३३९५ नम्बरको पिकअपले पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसाल र छोरी ३ वर्षीया अप्सना भुसाललाई ठक्कर दिको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

साथै ठक्करबाट घाइते भएकी रीताको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad