बागमती


काठमाडौँमा चितवनकी महिलाले आफ्नो शरीरमा आफैँले लगाइन् आगो, अवस्था गम्भीर

काठमाडौँमा चितवनकी महिलाले आफ्नो शरीरमा आफैँले लगाइन् आगो, अवस्था गम्भीर

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १४:५१, काठमाडौँ

काठमाडौँमा एक महिलाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्ने ३८ वर्षीया कमला आचार्यले आज दिउँसो आफ्नो जिउमा आफैँले आगो लगाएकी हुन्। 

आज दिउँसो १२:०३ बजे काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ किराँतचोकनजिक बागमती नदीको किनारस्थित खाली जमिनमा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको एसपी अधिकारीले बताए। 

उनको उपचार शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

‘बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएको भनी बुझिएको र निजले आफैँ आफ्नो शरीरमा पट्रोल छर्की आगो लगाएको बुझिएको छ’, एसपी अधिकारीले भने, ‘शरीरका विभिन्न भाग जली गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा छिन्, घटनाबारे थप अनुसन्धान जारी छ।’

त्यसरी ती महिलाले आफ्नै शरीरमा किन आगो लगाइन् भन्ने कारण तथा उनको पारिवारिक विवरण खुल्न बाँकी छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad