बागमती


काठमाडौँको तापक्रम थप घट्यो

काठमाडौँको तापक्रम थप घट्यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार ९:१०, काठमाडौँ

आज (शुक्रबार) बिहान यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। 

बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो। 

आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ अर्थात् -७ डिग्री सेल्सियस छ। 

हेर्नुहोस् देशभरको सूची (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने भरे साँझ सार्वजनिक हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad