जनकपुर बोल्ट्समा आबद्ध न्युजिल्यान्डका सुपरस्टार जिम्मी निशम नेपाल आइपुगेका छन्।
सोमबार उनको टोलीले नेपाल प्रिमियर लिगमा कर्णाली याक्ससँग खेल्दै छ। अर्थात् जिम्मीको भेट चर्चित भारतीय स्टार शिखर धवनसँग हुनेछ।
जिम्मीलाई त्रिभुवन विमानस्थलमा उनको क्लबका पदाधिकारीले स्वागत गरेका थिए।
जिम्मीको टोलीमा कप्तान अनिलकुमार शाह, मार्की खेलाडी आसिफ शेखसहित ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाठी, हर्ष ठाकर, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलान्था र बेन माइक छन्।
को हुन् जिम्मी?
जिम्मी न्युजिल्यान्डका चर्चित खेलाडी हुन्। उनको पूरा नाम जेम्स डग्लास शिहान निशम हो। ३४ वर्ष पुगेका जिम्मी बायाँहाते ब्याट्सम्यान हुन्। ब्याटिङ अलराउन्डर उनी राइट एन्ड मिडियम फास्ट बलिङबाट विकेट झार्छन्।
चर्चित विदेशी लिग खेलेका उनी अनुभवी क्रिकेट खेलाडी रहेका छन्। उनले २८२ टी२० खेलमा २३३ इनिङ खेल्दै ४ हजार ८२ रन जोडेका छन्। टी२० अन्तर्राष्ट्रियममा उनले ७९ खेलमा ९४४ रन बटुलेका छन्।
बलिङतर्फ उनले २८२ खेलमा २३६ इनिङ खेल्दै ३ हजार ८२७ बल फ्याँकेका छन्। जसबाट उनको नाममा २२३ विकेट झरेको छ।
Shares

प्रतिक्रिया