बागमती


हेटौँडा उपमहानगरपालिका १२ मा वडाध्यक्ष पदका लागि धमाधम मतदान

हेटौँडा उपमहानगरपालिका १२ मा वडाध्यक्ष पदका लागि धमाधम मतदान

सुनिता विष्ट
मंसिर १६, २०८१ आइतबार ८:२०, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ। यहाँ १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएका छन्।

सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा पाँचवटा बुथ र भोर्लेको विष्णुज्योति आधारभूत विद्यालयमा चारवटा बुथ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कूल ८ हजार ५३ जना मतदातामध्ये ३ हजार ८७८ पुरुष, ४ हजार १७४ महिला र १ जना अन्य छन्।

हेटौँडा-१२ वडाध्यक्ष पदका लागि ९ राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादीबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशावीर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन्।

छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र रूपमा उठेका छन्।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख बनेपछि हेटौँडा-१२ रिक्त भएको हो। त्यही रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन भइरहेको हो। 

५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडाध्यक्ष जित्दा ४ सदस्य एमालेबाट विजयी भएका थिए।

मतदानका थप तस्बिर-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad