राजनीति


उपनिर्वाचन: काठमाडौँ-१६ मा मतदान सुरु

उपनिर्वाचन: काठमाडौँ-१६ मा मतदान सुरु

काठमाडौँ १६ बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर: रासस


नेपालखबर
मंसिर १६, २०८१ आइतबार ८:२९, काठमाडौँ

स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको १६ नम्बर वडामा पनि मतदान सुरु भएको छ। 

०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। 

काठमाडौँ-१६ मा अहिले नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन्। राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्।

काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदानका लागि लामबद्ध मतदाता।

आज देशभरका रिक्त स्थानीय तहका ४१ पदका लागि उपनिर्वाचन सुरु भएको हो। आइतबार बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। 

निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad