बागमती


सौराहामा अर्को महिना हुँदै छ हात्ती महोत्सव, केके छन् आकर्षण?

सौराहामा अर्को महिना हुँदै छ हात्ती महोत्सव, केके छन् आकर्षण?

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार २१:१७, काठमाडौँ

पर्यटकीय गन्तव्य सौराहामा आगामी पुस ११ गतेदेखि १५ गतेसम्म १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ।

१८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ, चितवनको आयोजनामा हुन लागेको हो।

संघका अनुसार तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिन थालिएको हो। यस वर्षको महोत्सव आगामी पुस ११ देखि १५ गतेसम्म गर्न लागिएको छ।

महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्तीपोलो, हात्ती सुन्दरी प्रतियोगिता लगायत झाँक्री प्रदर्शनी गरिनेछ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमसमेत हुनेछ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ।

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ यो महोत्सव आयोजना गरिन्छ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad