बागमती


नौकिलोमा चामल बोकेको ट्रक पल्टिँदा चारजना घाइते

नौकिलोमा चामल बोकेको ट्रक पल्टिँदा चारजना घाइते

नेपालखबर
मंसिर ९, २०८१ आइतबार २०:५४, हेटौंडा

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार (आज) साँझ ७ बजेतिर सडक किनारमा पल्टिएको हो।

चामल बोकेको सो ट्रक पल्टिँदा चार जना च्यापिएर बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए।  

उनका अनुसार च्यापिएका चारजनामध्ये दुई जनालाई उपचारका लागि भरतपुर ल्याइएको छ। अन्य दुई जना च्यापिएकै अवस्थामा रहेको र उद्धार गर्नेक्रम जारी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad