बागमती


मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

फाइल फोटो


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १६:१६, काठमाडौँ

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार विज्ञप्ति जारी गरी देउसी तथा भैलो राति ९ बजेसम्म मात्र खेल्न अनुरोध गरेको छ।

तिहार तथा छठ पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन व्यापक रूपमा सुरक्षाकर्मी टोल–समुदाय क्षेत्रमा परिचालन गरी गस्ती बढाइएको र शान्तिपूर्ण एवम् सौहार्द्रपूर्ण वातावरणमा चाडपर्व मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए।

चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा, मनोरञ्जन गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन, तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईंचम्पा, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी चिलुवालले आग्रह गरेका छन्।

त्यस्तै, जुवा–तास–लंगुरबुर्जा खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, नगराउने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगराउन अनुरोध गरिएको छ।

त्यस्तै २०७९ साउन ११ को नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले सो कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै प्रचलित कानुन विपरितका गतिविधि–क्रियाकलाप सञ्चालन गराइएको पाईएमा प्रचलित कानन बमोजिम कारबाही हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad