नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एञ्जिला तुम्बापोले यसपटक जसरी पनि साफ वुमन च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन्।
फाइनल भिड्नुअघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै उनीहरुले बंगलादेशलाई जसरी पनि फाइनलमा हराउने बताएका हुन्।
यसका लागि विभिन्न रणनीति अपनाउने प्रशिक्षक तामाङले बताए।
‘खेलाडीलाई प्रोत्साहन गर्छौँ, सबै पोजिसनमा राम्रो गर्ने कोशिस गर्छौँ’, उनले भने, ‘उपाधिका लागि विभिन्न रणनीति अपनाउँछौँ।’

यता कप्तान एञ्जिला पनि यसपटक टिम बन्डिङ राम्रो भएकाले उपाधि जित्नेबाहेक केही नसोचेको बताउँछिन्।
‘अहिले जितेनौँ भने फेरि ५–१० वर्ष कुर्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो टिम बन्डिङ पनि राम्रो छ, भोलि जित्नुपर्छ।’
च्याम्पियनसिपको फाइनल बुधबार साँझ साढे ६ बजे हुनेछ। नेपाल यसअघि ५ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।




Shares

प्रतिक्रिया