सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते अर्थात् (आज र भोलि) देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
जस अनुसार बागमती प्रदेशका १३ जिल्लामा ३ लाख ५५ हजार ९८८ बालबालिकालाई भिटामिन ए र ३ लाख १३ हजार ६६८ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता खगेश्वर गेलालले जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १ लाख ६ हजार ४२६ बालबालिकालाई भिटामिन ए खुवाइने छ भने ९३ हजार ५८ बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
दोलखामा १० हजार २६९ बालबालिकालाई भिटामिन ए र ९ हजार ८४ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रवक्ता गेलालले जानकारी दिए। यस्तै, रसुवामा ३ हजार २९७ बालबालिकालाई भिटामिन ए र २ हजार ९३८ बालबालिकालाई जुकाको औषधि खुवाइने बताइएको छ।
धादिङमा २० हजार ५८८ बालबालिकालाई भिटामिन ए र १८ हजार २४३ बालबालिकालाई जुकाको औषधि, नुवाकोटमा १६ हजार ३२८ बालबालिकालाई भिटामिन ए र १४ हजार ४९१ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रवक्ता गेलालले जानकारी दिए।
यस्तै, भक्तपुरमा २६ हजार ५० बालबालिकालाई भिटामिन ए र २३ हजार २७ बालबालिकालाई जुकाको औषधि खुवाइने बताइएको छ भने ललितपुरमा २८ हजार ४३३ बालबालिकालाई भिटामिन ए र २४ हजार ९९६ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रवक्ता गेलालले बताए।
उनका अनुसार काभ्रेपलाञ्चोकमा २१ हजार ३२५ बालबालिकालाई भिटामिन ए र १८ हजार ९१७ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रवक्ता गेलालले जानकारी दिए।
रामेछापमा ९ हजार ३३८ बालबालिकालाई भिटामिन ए र ८ हजार २६१ बालबालिकालाई जुकाको औषधि खुवाइने बताइएको छ भने सिन्धुलीमा २१ ह्जार २५३ बालबालिकालाई भिटामिन ए र १८ हजार ७४३ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रवक्ता गेलालले जानकारी दिए।
यस्तै, मकवानपुरमा ३२ हजार २४२ बालबालिकालाई भिटामिन ए र २८ हजार ४९८ बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ भने चितवनमा ४४ हजार ५०२ बालबालिकालाई भिटामिन ए र ३९ हजार २५८ बालबालिकालाई जुकाको औषधि खुवाइने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, सिन्धुपाल्चोकमा १५ हजार ९३६ बालबालिकालाई भिटामिन ए र १४ हजार १६४ बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयका प्रवक्ता गेलालले जानकारी दिए।
सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह समेत गरेको छ।
Shares

प्रतिक्रिया