समाज


नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १६:८, मध्यविन्दु (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ।

वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो।

छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिए।

थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad