ad ad

बागमती


झ्याप्लेखोला अपडेटः थप १९ शवको सनाखत (नामावली)

दुईजना काठमाडौँका, अरू कुन जिल्लाका?
झ्याप्लेखोला अपडेटः थप १९ शवको सनाखत (नामावली)

सुनिता विष्ट
असोज १५, २०८१ मंगलबार १२:३६, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएका थप १९ शवको सनाखत भएको छ।

झ्याप्लेखोलाको एउटै पहिरोमा सानाठूला गरी चारवटा बस र ३५ शव फेला परेका थिए।

तीमध्ये थप १९ वटा शवको सनाखत गरिएको धादिङ प्रहरीले जानकारी दिएको हो। 

धादिङ प्रहरीका प्रहरी निरीक्षक सिलवालका अनुसार पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने वर्ष २८ को नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने वर्ष ३९ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी-१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २१ की अनिता थापा मगरको सनाखत भएको हो। 

यस्तै मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने वर्ष ३३ की सन्तु विक, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने वर्ष ५३ का मोहन दास आचार्यको सनाखत भएको छ।

प्रहरी निरीक्षक सिलवालका अनुसार सनाखत हुने थप मृतकमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने वर्ष ४७ का मदन परियार दमाईं, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने वर्ष २७ मन सुके दमाईं छन् भने बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने वर्ष ५२ का इन्द्रजित राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने वर्ष २६ की लीलामाया तामाङ छन्। 

झ्याप्लेखोला पहिरोबाट निकालिएका जम्मा ३५ शवमध्ये १३ वटाको भने आइतबार नै सनाखत भइसकेको छ। 

बाँकी २२ शवमध्ये हालसम्म १९ वटा शवको सनाखत भएको र अझै ३ वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

झ्याप्लेखोला पहिरोमा गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पुरिएको अवस्थामा भेटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .