ad ad

समाज


जबर्जस्ती करणी मुद्दाका कैदी अस्पतालको शौचालयबाट फरार

जबर्जस्ती करणी मुद्दाका कैदी अस्पतालको शौचालयबाट फरार

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८१ आइतबार ११:५९, झापा

जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज झापाबाट फरार भएका छन्। फरार हुनेमा २४ वर्षीय जीवन साह रहेका प्रहरीले जनाएको छ। 

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएको थियो। शौचालयबाटै उनी फरार भएका प्रहरीको भनाई छ।

भद्रपुर नगरपालिका–५ घर भएका साहलाई छातीमा समस्या भएपछि यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको छ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए। 

फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को कैदी फरार हुने घटना बढ्न थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .