ad ad

बागमती


सुन्दरीजल घटनामा प्रहरीको प्रारम्भिक निष्कर्षः परपुरुषसँग सम्बन्धको आशंकाले प्रेमीले नै गरे हत्या

सुन्दरीजल घटनामा प्रहरीको प्रारम्भिक निष्कर्षः परपुरुषसँग सम्बन्धको आशंकाले प्रेमीले नै गरे हत्या

महिलाको हत्या आरोपमा पक्राउ परेका २ व्यक्ति (तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौँ)


नेपालखबर
भदौ २३, २०८१ आइतबार १४:१३, काठमाडौँ

प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ।

सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव गत बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र भेटिएको थियो। 

उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने  वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो। 

अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ-३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो। 

तर रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भदै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले प्रहरीसँग बताएका छन्।

रामविनय पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन्। 

‘निज रामविनय महरा नाताले सन्तोष महराको फुपाजु रहेको र दुवैजना मिलेर राम दुलारीलाई घटनास्थलसम्म लगी उचाइँबाट धकेली घाइते अवस्थामा हुँदा दुवैजनाले पालैपालो ढुंगाले टाउकोमा पटकपटक प्रहार गरी हत्या गरेको खुलेको छ’, एसपी अधिकारीले भने।  

तर घटनाको विस्तृत अनुसन्धान जारी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .