ad ad

बागमती


मान्छे आक्रमण गरी नरकटघारी पसेको बाघ १६ घण्टापछि नियन्त्रणमा

मान्छे आक्रमण गरी नरकटघारी पसेको बाघ १६ घण्टापछि नियन्त्रणमा

नेपालखबर
साउन २०, २०८१ आइतबार २३:३१, चितवन

चितवनमा मान्छेलाई आक्रमण गरी नरकटघारी पसेको बाघ १६ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ।

नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५ बजेर २० मिनेट जाँदा नारायणी नदी किनारमा आक्रमण गरी बाघ लुक्न गएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमीर सडौला, पशु स्वास्थ्य प्राविधिक किरण रिजाल, प्राविधिक तीर्थ लामासहितको टोलीले बाघलाई बेहोस बनाई नियन्त्रणमा लिएको हो।

उक्त टोली तीनवटा हात्तीसहित दिनभर परिचालित भएको थियो। दुईवटा हात्ती बाघसँग तर्सेर भागेका थिए। सौराहाबाट थप दुईवटा हात्ती मगाएर बाघको खोजी गरिएको थियो। राति करिब ९ बजेतिर प्राविधिक टोलीले हात्तीमाथिबाट बेहोस बनाउने सुई प्रहार गरेको थियो। बाघ बेहोस भई ढलेपछि नियन्त्रणमा लिइएको थियो। उक्त बाघ अन्दाजी ५ देखि ६ वर्षको भाले भएको डा. विजय श्रेष्ठको भनाइ छ।

बाघलाई चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहा राख्ने योजना छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .