ad ad

बागमती


काठमाडौँमा बाढी र डुबानमा फसेका ७५ जनाको उद्धार

काठमाडौँमा बाढी र डुबानमा फसेका ७५ जनाको उद्धार

नेपालखबर
साउन १६, २०८१ बुधबार ९:१५, काठमाडौँ

काठमाडौँ उपत्यकामा बुधबार (आज) बिहान बाढी र डुबानमा परेका ७५ जनाको उद्धार गरिएको छ।  

काठमाडौँ महानगरका प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार सानोभर्‍याङको अन्नपूर्णचोकस्थित सोनाखरी पाठशालाको होस्टेलमा पानी पसेपछि ७० बालबालिकालाई सुरक्षित स्थानमा सारिएको हो। 

‘यसैगरी बल्खु चोकबाट कीर्तिपुर जाने बाटोको बागमती नदी किनारमा रहेका घरहरूबाट ४ जना उद्धार गरेका छौँ’, उनले नेपालखबरसँग भने, ‘बागमती खोलो बस्तीमा पसेपछि त्यहाँ ६ वटा घरको एक तलासम्म पानी जमेको छ।’

यस्तै नयाँ बसपार्कनेर विष्णुमती नदीको बाढीमा फसेका एक जना पुरुष व्यक्तिलाई पनि प्रहरीले उद्धार गरेको उनले जानकारी दिए। 

‘अहिले हामी उद्धारकै क्रममा छौँ’, महानगर प्रहरी निरीक्षक पण्डितले भने, ‘सबैको नाम अहिले दिन गाह्रो छ, अझै कहाँ–कहाँ बाढी र डुबान छ भनेर हामी खोजी गरिरहेका छौँ।’ 

उनका अनुसार उद्धारमा महानगर प्रहरीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संयुक्त रूपमा खटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .