रातभर वर्षा भएका कारण काठमाडौँ उपत्यकाका खोला/नदीमा ठूलो बाढी आएकाले डुबान हुने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान अलर्ट जारी गर्दै उपत्यकाका बागमती, हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता–खतरा नजिक रहेकाले होसियारी अपनाउन भनेको हो।

महाशाखाले भनेको छ, ‘किनारको सडक र बस्तीमा बाढी आउन सक्ने, किनारबाट यात्रा नगरौँ। डुबान हुने स्थानमा रहनेहरू १० बजेसम्म सुरक्षित रहौँ।’
हेर्नुहोस् अलर्ट-
राती देखि का.उपत्यकाको धेरै स्थानमा भारी बर्षा भएकोसाउन १६विहान४बजे
बागमती,हनुमन्ते,मनोहरा,धोविखोला,विष्णुमती,नख्खु,बल्खुखोलामा जलसतह #सतर्कता-खतरा नजिक रहेको।किनारको सडक र बस्तीमा बाढीआउन सक्ने,किनारबाट यात्रा नगरौ।डुवान हुने स्थानमा रहनेहरू१०बजे सम्म सुरक्षित रहौ @NDRRMA_Nepal pic.twitter.com/f2Ro6wLtJd — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 30, 2024
1.6k
Shares

प्रतिक्रिया