ad ad

बागमती


एक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस, हालसम्म भेटिए २२ शव

एक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस, हालसम्म भेटिए २२ शव

नेपालखबर
साउन ४, २०८१ शुक्रबार ११:३६, हेटौँडा

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस बेपत्ता भएको शुक्रबार (आज) एक हप्ता पुगेको छ।

अघिल्लो शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलतालमा सँगै भएका बेला पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता छन्। 

दुवै बसमा गरी ६५ यात्रु थिए। तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए। नदीमा बेपत्तामध्ये हालसम्म २२ जनाको शव फेला परेको छ। 

बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको छ। 

पछिल्लोपटक आज बिहान (शुक्रबार) नवलपरासीस्थति नारायणी नदीमा थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। योसँगै मृत फेला पर्ने यात्रुको संख्या २२ पुगेको हो। 

उनका अनुसार तीमध्ये १४ जनाको सनाखत भएको छ भने ८ जनाको सनाखत हुन सकेको छैन।

अब अझै ४० जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

खोजी जारी छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, गोताखोर गरी ५ सय जना सोनार क्यामेरासहति निरन्तर खटिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .