ad ad

कला


आजबाट मण्डला थिएटरमा मञ्चन हुँदै नाटक ‘मेषी दण्ड’

आजबाट मण्डला थिएटरमा मञ्चन हुँदै नाटक ‘मेषी दण्ड’

नेपालखबर
साउन ४, २०८१ शुक्रबार ११:४१, काठमाडौँ

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मेषी दण्ड’ मञ्चन हुने भएको छ। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ। 

गीलु रातोसको लेखनमा तयार भएको यस नाटकमा करिब डेढ शताब्दीअघिको कथा समेटिएको छ। 

हिमाली जिल्लाको आदिवासीले भाषाका कारण तत्कालिन राज्यबाट भोग्नुपरेको दमनलाई नाटकमा उत्रारिएको निर्देशक सुब्बाले जानकारी दिए। 

सोलुखुम्बु जिल्लाको खालिस राई समुदायको भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। नाटकलाई रिजन केसीले निर्माण गरेका हुन्। 

साउन ५ गते देखि हरेक दिन (सोमबार बाहेक) बेलुकी ५ः४५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ः३० बजे अतिरिक्त मञ्चन हुनेछ।

मण्डला थिएटरले सन् २०२४ भित्र १४ नाटक मञ्चन गर्ने योजना बनाएको थियो। जसअनुसार दोस्रो नाटकको रुपमा यो नाटक मञ्चन हुन लागेको हो। यसअघि रंगकर्मी प्रविण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ मञ्चन गरिएको थियो। 

मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, प्रविण मगरलगायतको अभिनय रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .