सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा बाढी बढ्दै गएकाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
सोमबार राति सूचना जारी गर्दै विभागले भनेको छ, ‘सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह ४.०९५ मि. रहेको, सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाऔँ।’
हेर्नुहोस् सूचना-
सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह ४.०९५ मि. रहेको,सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा बाढीको जोखिम,कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाऔँअसार १७, राती ८:३५
जल तथा मौ. वि. वि.@NDRRMA_Nepal pic.twitter.com/BmnwLqwzu5 — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2024
159
Shares

प्रतिक्रिया