ad ad

बागमती


काठमाडौँमा सुरु भयो मनसुनी वर्षा

काठमाडौँमा सुरु भयो मनसुनी वर्षा

पानी परिरहेका बेला सोमबार दिउँसो २ बजे चन्द्रागिरि नगरपालिका-१ दहचाेकबाट लिइएको तस्बिर।


नेपालखबर
असार ३, २०८१ सोमबार १४:५, काठमाडौँ

काठमाडौँ उपत्यकामा पनि मनसुनको प्रभावले वर्षा हुन थालेको छ। 

अहिले (सोमबार दिउँसो २ बजे) काठमाडौँ उपत्यकाका केही स्थानमा भइरहेको वर्षा मनसुनकै बादलले गराएको मौसम पूर्वानुमान महाशाखाका  मौसमविद् सरोज पुडासैनीले बताए। 

‘यो वर्षा मनसुनकै कारण हो’, उनले भने, ‘अब काठमाडौँमा मनसुनका प्रभाव राम्रोसँग देखिन थालेको छ, तर आधिकारिक घोषणा गर्न बाँकी छ।’

गत जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिलेसम्म मधेस र बागमती प्रदेशसम्म आइपुगेको अनुमान मौसमविद्ले गरेका छन्। 

तर यसको मापदण्ड पुगिनसकेकाले कोसीयताका प्रदेशमा मनसुन भित्रिएको आधिकारिक घोषणा गर्न माैसमविद्ले सकेका छैनन्।

‘अब बिस्तारै मनसुनको क्राइट एरिया पुग्दै छ’, मौसमविद् पुडासैनीले भने, ‘हामी मनसुनबारे बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ।’

उनका अनुसार आज दिउँसो तथा राति पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। 

अब काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः घट्दै जाने र मौसम शीतल हुने उनले बताए। 

अहिले दिउँसो १:४५ बजे काठमाडौँ उपत्यकाको तापक्रम २९.८ डिग्री सेल्सियस रहेको जानकारी पनि उनले दिए।

‘हिजो (आइतबार) उपत्यकाको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस थियो’, उनले भने, ‘अब तापक्रम घट्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .