ad ad

कारोबार


हिमालयन बैंकका नजिकका शाखा व्यवस्थापन, त्रिपुरेश्वरको शाखा थापाथलीमा सर्‍यो

हिमालयन बैंकका नजिकका शाखा व्यवस्थापन, त्रिपुरेश्वरको शाखा थापाथलीमा सर्‍यो

नेपालखबर
असार ३, २०८१ सोमबार १४:७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई व्यवस्थापन गरिरहेको छ।

सोही क्रममा काठमाडौंको त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट २ गतेदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा सुरु गरेको छ। 

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरिएको हो।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको बैंकले जनाएको छ।  

हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पस टर्मिनल्स र १७ हजार बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .