पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।
घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन्।
घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
30
Shares

प्रतिक्रिया