ad ad

बागमती


ललितपुरको टेम्पो पार्कमा मोटरसाइकल र स्कुटर जुध्दा दुवै चालकको मृत्यु

ललितपुरको टेम्पो पार्कमा मोटरसाइकल र स्कुटर जुध्दा दुवै चालकको मृत्यु

नेपालखबर
जेठ १९, २०८१ शनिबार १०:४६, काठमाडौँ

गएराति ललितपुरमा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शुक्रबार राति १२:३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका- ४, टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन्। 

दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको उनले बताए।

उनका अनुसार गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज (शनिबार) बिहान २:३० बजे तथा लकेशको बीएन्डबी अस्पतालमा बिहान ६:२५ बजे मृत्यु भएको हो।  

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .