ad ad

ग्लोबल


भारतमा आज अन्तिम चरणको मतदान, प्रधानमन्त्री मोदी पनि उम्मेदवार

भारतमा आज अन्तिम चरणको मतदान, प्रधानमन्त्री मोदी पनि उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८१ शनिबार ११:१४, काठमाडौँ

भारतमा आज (जुन १) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भइरहेको हो। 

पञ्जाब र उत्तर प्रदेशका १३/१३ सिट, पश्चिम बङ्गालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा आज मतदान भइरहेको छ। 

अन्तिम चरणको यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता चुनावी मैदानमा छन्। यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन्।

लोकसभा चुनावअन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन्। 

यसअघि अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा मतदान भएका हुन्। 

अब मतगणना जुन ४ अर्थात म‌ंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .