ad ad

बागमती


सर्लाहीबाट काठमाडौँ जाँदै गरेको बसले हेटौँडामा पैदलयात्रीलाई ठक्कर दियो, खुलेन मृतकको नाम-ठेगाना

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको बसले हेटौँडामा पैदलयात्रीलाई ठक्कर दियो, खुलेन मृतकको नाम-ठेगाना

नेपालखबर
जेठ १२, २०८१ शनिबार १०:४०, हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

शुक्रबार राति १० बजेतिर थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

पहिचान नखुलेका अन्दाजी ३८/४० वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका उनलाई शुक्रबार राति नै हेटौँडा अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको उनले बताए। 

‘मृतकको शव शवगृहमा राखिएको छ, ‘प्रहरी प्रमुख रिजालले भने, हालसम्म सनाखत हुन पाएको छैन। मृतकका कोही आफन्त पनि प्रहरीको सम्पर्कमा आउनुभएको छैन।’ 

ठक्कर दिने बस र चालक प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस चालक रौतहटको चन्द्रनिगाहापुर पौराईका कृष्णबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .