ad ad

समाज


बिहान चार प्रदेशमा वर्षा, दिउँसो र राति कस्तो छ सम्भावना?

बिहान चार प्रदेशमा वर्षा, दिउँसो र राति कस्तो छ सम्भावना?

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ७:२१, काठमाडौँ

यतिबेला (बिहीबार बिहान ७ बजे) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भएको र कोसी र मधेसका थोरै स्थान तथा कर्णाली र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई ठाउँमा  मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छकोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

महाशाखाका अनुसार अहिले नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव परिरहेको छ। हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परिरहेको हो। यसैकारण मौसम बदली र वर्षा भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .