ad ad

बागमती


त्रिशूलीमा बेपत्ता २ यात्रुका शव एक हप्तापछि भेटिए

त्रिशूलीमा बेपत्ता २ यात्रुका शव एक हप्तापछि भेटिए

फाइल तस्बिर : दुर्घटनास्थल


नेपालखबर
चैत १, २०८० बिहिबार ११:४९, हेटौँडा

आठ दिनअघि धादिङस्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता दुई जनाका शव भेटिएका छन्।

यही फागुन २३ गते बिहान लु २ ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–४ घाटबेसीबाट त्रिशूली नदीमा खस्दा बेपत्ता दुई यात्रुका शव बुधबार दिउँसो फेला परेका हुन्। 

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको उक्त बसमा सवार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २१ वर्षीय विनोद लोद र झापाको कन्काई नगरपालिका–९ का २२ वर्षीय अर्जुनसिंहका शव फेला परेको गजुरीस्थित इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

पोस्टमार्टमका लागि दुवै शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए।

उनका अनुसार दुईवटा शव भेटिएसँगै उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

दुर्घटनामा ४० जना घाइते भएका थिए।

तीमध्ये केहीको अझै काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत रहेको जानकारी प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .