प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सत्ताबाट बाहिरिनु पर्दाको कुनै गुनासो अब आफूहरूमा नरहेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले मूल्याकंनको बाँकी जिम्मा जनतालाई सुम्पिएको पनि बताए।
‘सदनलाई नेपाली कांग्रेसले किन झकझकाइ रहेको छ भन्ने भ्रम छ भने सुरुमै भन्न चाहन्छु, सत्ताबाट बाहिरिनुको अब कुनै गुनासो हामीमा रहेन। मंसिर ४ २०७९ म्यान्डेट खण्डित गरेर राजनीतिक बेइमानी भइसकेपछि मूल्याकंनको बाँकी जिम्मा जनतालाई दिँदै प्रमुख प्रतिपक्षीय भूमिकाको सुरु हामी गर्छौं।’
कांग्रेसले गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने असर परम्पराको सुरुवात गर्न चाहिएको पनि पाण्डेले बताए।
‘यो आकस्मिक समयको आवाजलाई सत्ताबाट बहिर्गमनको संकिर्ण चस्माबाट नहेर्न आग्रह गर्दछु,’ उनले भने।
साथै, गत महिना तत्कालिन प्रतिपक्षी दल एमालेले फागुन ६ देखि १८ गतेसम्म संसद्मा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनले बताएका छन्।
Shares
प्रतिक्रिया