ad ad

बागमती


हेटौँडा आउँदै पूर्वराजा ज्ञानेन्द्र, राप्रपाले बनायो स्वागत समिति

हेटौँडा आउँदै पूर्वराजा ज्ञानेन्द्र, राप्रपाले बनायो स्वागत समिति

नेपालखबर
माघ ३, २०८० बुधबार १९:३२, हेटाैँडा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौँडामा भ्रमण गराउन एक हजार एक सय ११ सदस्यीय मूल समारोह समिति बनेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले पूर्वराजा शाह माघ ७ गते हेटौंडा आउन लागेको जानकारी दिँदै स्वागत समिति बनाएको जनाएको छ।

मकवानपुर क्षेत्र नम्बर– १ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिहंले ७ गते हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मूल समारोह समिति तथा १० वटा उपसमितिहरू गठन गरिएको बताए।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र हेटौंडा आउने भएका हुन्।

आज रिपोर्टस क्लबमा राप्रपा मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा आउने कार्यतालिका बारेमा जानकारी दिइयो।

पूर्वराजा शाह ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आरधानासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजिवी, व्यवसायीलगायतसँग भेटघाट गर्नेछन्।

सोही दिन उनी हेटौंडाबाट फर्कने कार्यतालिका रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .