ad ad

बागमती


मकवानपुरमा सडेको अवस्थामा शव भेटियो

मकवानपुरमा सडेको अवस्थामा शव भेटियो

नेपालखबर
पुस ८, २०८० आइतबार १३:१२, काठमाडौँ

मकवानपुरमा सडेको अवस्थामा एक शव फेला परेको छ। बकैया गाउँपालिका–२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक पुरुषको शव फेला परेको हो।

शनिबार सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६०-६५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो।

अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर त्यही वडाका वडाध्यक्षले दिएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

शवलाई हेटौँडा अस्पतालमा ल्याएर घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको शनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .