ad ad

बागमती


बागमती किनारमा मृत भेटिएका युवकको घर बालाजु, शिक्षण अस्पताल लगियो शव

बागमती किनारमा मृत भेटिएका युवकको घर बालाजु, शिक्षण अस्पताल लगियो शव

घटनास्थल : ब्लर गरिएको ठाउँमा युवकको शव


नेपालखबर
असोज २४, २०८० बुधबार १०:३२, काठमाडौँ

आज (बुधबार) बिहान बानेश्वर तरकारी बजारअगाडि बागमती नदी किनारमा मृत भेटिएका युवकको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार आज बिहान सवा ६ बजे काठमाडौँ–३१, बानेश्वरस्थित बागमती नदी किनारमा, बालाजु गोलढुंगा स्थायी घर भई काठमाडौँकै शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएका हुन्। 

लासजाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टका लागि महराको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको उनले जानकारी दिए। 

‘मृत्युको कारण खुलेको छैन’, एसपी ढुंगेलले भने, ‘अनुसन्धान जारी छ।’

उनका अनुसार महराको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो भने उनको साथबाट प्रयोग गरिएको खाली सिरिन्जको कभर एक थान, टिकटिके मोबाइल एक थान भेटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .