झापाको भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वन क्षेत्रमा अवस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क हात्ती मृत फेला परेको छ।
डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको जानकारी दिए।
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको जानकारी गिरीले दिए। सो टोली आएपछि मात्र हात्ती कालगतिले मरेको हो या मारिएको भन्ने विषयमा यथार्थ खुल्ने अनुमान गरिएको छ। रासस
39
Shares
प्रतिक्रिया